‘आएन खबर ’ मा लक्ष्मी र जीवनको अभिनय – (भिडियो)

साउन २३, काठमाडौं –गायिका मेलिना राईको स्वरमा ‘आएन खबर’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवा र जीवन भट्टराईको जीवन्त अभिनय रहेको छ ।

चिन्तामणि सिवाकोटीको शब्द रचना रहेको गीतमा सङ्गीत हरि लम्सालले भरेका छन् । भिडियोलाई लक्ष्मी र जीवन आफैँले निर्देशन गरेका हुन् ।

गीतको भिडियो बुद्ध थापाले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका हुन् ।