विष्फोटपछि लेवनानमा कोरोना संक्रमण बढ्न सक्ने आशंका

साउन २३, एजेन्सी – विष्फोटको घटनापछि लेवनानमा कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ ।

विष्फोटको घटनापछि लेवनानका अस्पतालमा विरामीको चाप बढेको छ । अस्पतालमा चाप बढेसँगै कोरोना संक्रमण पनि बढ्न सक्ने त्यहाँका स्वास्थ्य मन्त्रीले जनाएका बीबीसीले जनाएको छ ।

लेवनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा १३७ जनाको मृत्यु भएको छ ।

लेबनानका स्वास्थ्य मन्त्री हमद हसनले घाइतेको सहयोग र सुरक्षा आपूर्तिको कमी हुँदा कोरोना संक्रमण बढ्न सक्ने बताएका छन् ।

उनले केही दिनमा कोरोना संक्रमितका लागि छुट्टै फिल्ड अस्पतालको व्यवस्था गर्ने बताएका छन् ।