भारतमा पछिल्लो २४ घण्टामा थप ५२ हजार जनामा कोरोना संक्रमण

साउन २०, एजेन्सी भारतमा थप ५२ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ हजार ५० जनामा संक्रमण देखिएको हो। योसँगै मंगलबार बिहानसम्म संक्रमितको संख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८ सय ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ३८ हजार ९ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्ला ५ दिनमा दैनिक ५० हजारभन्दा बढी मानिसमा संक्रमण देखिएको छ। भारत विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशमा तेस्रो स्थानमा रहेको छ। अमेरिकामा सबैभन्दा बढी संक्रमित छन् भने ब्राजिल दोस्रो स्थानमा रहेको छ ।