हिमालयन रोडिज सिजन ३ का विजेता बने सुजन

साउन २०, काठमाडौं सुजन सुबेदी ’हिमालयन रोडिज सिजन ३’ का विजेता बनेका छन् ।

टिम ग्रिन अर्थात लाउरेको टिमका सुबेदी फाइनलमा दिइएको टास्क सबै भन्दा पहिले सक्काएर विजेता घोषित भएका हुन् । पोखराका सुवेदी सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा रोडिज सिजन ३ को विजेता घोषित भएका हुन् ।

सुजन अडिसन, कलिङ र जर्नि राउन्ड हुँदै टप तीनमा पुगेका थिए । उनले पुरस्कार स्वरूप नगद १० लाख रुपैयाँ र मोटरसाइकल जितेका छन् ।

कोरोना सङ्क्रमणका कारण सुरु भएको लकडाउनले गर्दा १५ औँ श्रृङखलापछि रोकिएको रोडिज लकडाउन खुलेपछि प्रसारण सुचारु भएको थियो ।