आज जनै पूर्णिमा र रक्षाबन्धन मनाइँदै

साउन १९, काठमाडौं – आज देशभर जनैपूर्णिमा मनाइदैछ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइने गरिन्छ ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी समेत खाने गरिन्छ ।