कमेडी च्याम्पियन सिजन–२ को अडिसन भदौ १५ बाट

साउन १९, काठमाडौं – कमेडी च्याम्पियन सिजन–२ को अडिसन यही भदौ १५ गतेबाट सुरु हुने भएको छ ।

दोस्रो प्रोमो सार्वजनिक गर्दै आयोजकले अडिसन मिति घोषणा गरेको हो ।

पहिलो प्रोमो सार्वजनिक भएको केही दिनमा आयोजकले दोस्रो प्रोमो सार्वजनिक गरेको हो ।

निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुने छन् ।