नवराज बिक हत्यारालाई सजायको माग गर्दा मेयरलाइ ‘पोलिटिकल किलिङ ’धम्की

साउन, १७, काठमाडौं – भेरी नगरपालीका प्रमुख चन्द्र प्रकाश (सिपि ) घर्ति ले नवराज विक सहित ५ जनाको हत्या गर्ने हरुलाई सजाय को माग गर्दा आफु लाई राजनीतिक रुपमा मार्न (पोलिटिकल किलिङ ) खोजेको खुलासा गरेका छन् ।

स्पिक आउट अगेंष्ट कास्ट सिष्टम मुल आयोजक तथा नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय सम्पर्क कमिटीको आयोजनामा भएको एक कार्यक्रममा उनले सो खुलासा गरेका हुन् ।

साथै उनले नेपाल लाई समृद्ध बनाउन जातिय विभेद अन्त्य गर्नु पर्ने र सबै मानिस सम्मान पुर्वक बाँच्न पाउनु पर्ने बताए ।  समाज मा जातिय विभेद छैन भनेर भाग्ने भन्दा पनि सबै पढेलेखेका युवा विद्यार्थी ले अब यसलाई निर्मुल पार्ने तरिका ले लेखेर बोलेर एक्सनमा जानू पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा  अनेरास्ववियू  नेता रश्मि आचार्यले समाजमा रहेका हरेक खाले विभेदका विरुद्ध अनेरास्ववियू लड्ने बताइन् । उनले हरेक परिवर्तन को आन्दोलनमा अनेरास्ववियू अग्रपंक्तीमा रहेको बताउदैं जातिय विभेदका विरुद्ध पनि अग्रपंक्तिमा अभियान नै गर्ने गरि अगाडी बढ्ने कुरा बताइन् ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै रुकुम घटनाका स्थलगत अध्ययन टोली का सदस्य , नेपाल बार एशोसिएसन का केन्द्रीय सदस्य अधिवक्ता मोहन सासंकर ले रुकुम घटना मा प्रहरीले ठुलो त्रुटि गरेको बताए ।

जातिय विभेद का घटना मा बिना शुल्क बहस गर्दै आएका सासंकरले अब पनि बिस्तारै परिवर्तन हुन्छ भनेर दलित समुदाय लाई ठुलो भ्रममा राखिएको उनले बताए ।  कार्यक्रममा युवा नेत्री तथा समाजशास्त्री उषा किरण तिमिल्सिना ले राज्य संचालकहरुको दैध चरित्रले गर्दा नै रुकुम पश्चिम का हत्याराहरु को मनोबल बढेको बताइन् ।

क्रान्ति को विगुल फुक्नें रुकुम जाजरकोट मा जसरी नवराज विक सहित पाचं जना को हत्या गरियो यसले कमरेडहरु दलाल मा परिणत भएको स्पष्ट पारेको उनको भनाई थियो ।

कार्यक्रम रवि सेन्चुरीको सम्पन्न भएको थियो ।