सभामुख सापकोटा निवासका कर्मचारीमा कोरोना संक्रमण, अन्य ३० जनाको स्वाब संकलन

असार १७, काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत १ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुख सोपकोटासहित निवासमा कार्यरत ३० जनालगायतको स्वाब संकलन गरिएको छ ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।