आज यी ठांउमा हुनेछ भारी बर्षा

साउन १७, काठमाडौं – आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश(१, बागमती, गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम बर्षा भइरहेको हो ।

शनिबार प्रदेश(१, प्रदेश(२, गण्डकी प्रदेश, प्रदेश(५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । बाँकी स्थानमा सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश(१, प्रदेश(२, प्रदेश(५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।