स्याङ्जामा १८ प्रहरीमा कोरोना देखियो

साउन १२,काठमाडौं जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रशासन शाखामा कार्यरत ३ जना प्रहरीमा गत हप्ता कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा कार्यरत १०२ जना प्रहरी कर्मचारीको शुक्रबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पोखरा ल्याइएको थियो ।

परीक्षणका लागि ल्याइएका स्वाबमध्ये १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमण पुष्टि भएका प्रहरीलाई जिल्ला अस्पतालको आइसोलेसन पठाउने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालयमा कार्यरत १०२ कर्मचारीको संकलन गरिएका स्वाब मध्ये ४० जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए ।