राजमार्गमा सडक भासिने क्रम बढ्यो

साउन ११, काठमाण्डौँ – राजधानी जोड्ने अरनिको राजमार्गमा पर्ने कोठे–बलेफी खण्डको कोठेभिरमा सडक २०० मिटर भासिएको छ । भिरमा वर्षौँदेखि एकतर्फी मात्रै ट्र्याक थियो । त्यही ट्र्याक पनि नदीले कटान गरेपछि भासिएको हो । यस्तै बाह्रबिसेनजिकै महभिरमा पनि नदीले सडक कटान गरेको छ । केही दिनदेखि सो खण्डमा दैनिकरूपमा सडक भासिन थालेको थियो । त्यस्तै जुरे पहिरो भएको क्षेत्रमा पनि सडकलाई सुनकोशी नदीले कटान गरेको छ भने माथिबाट लेदोले सडक ढाकेको छ । सडक जोगाउन नदीबाट लगाउनुपर्ने मेसेरेनरी पर्खाल, प्लम्ब ढलान, जाली गाह्रोजस्ता संरचना गुणस्तरहीन भएपछि नदीले सडक कटान गर्ने र भासिदै जाने क्रम देखिएको हो । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले नदीमा बाढी आएपछि सडक कटान गर्ने र भासिने गरेको बताए । राजमार्ग अवरुद्ध हुन नदिन चौबिसै घण्टा डोजर तैनाथ गरेर काम गर्दै आएको उनले जानकारी दिए ।राजमार्गमा सडक भासिने क्रम बढ्यो ।

राजधानी जोड्ने अरनिको राजमार्गमा पर्ने कोठे–बलेफी खण्डको कोठेभिरमा सडक २०० मिटर भासिएको छ । भिरमा वर्षौँदेखि एकतर्फी मात्रै ट्र्याक थियो । त्यही ट्र्याक पनि नदीले कटान गरेपछि भासिएको हो । यस्तै बाह्रबिसेनजिकै महभिरमा पनि नदीले सडक कटान गरेको छ । केही दिनदेखि सो खण्डमा दैनिकरूपमा सडक भासिन थालेको थियो । त्यस्तै जुरे पहिरो भएको क्षेत्रमा पनि सडकलाई सुनकोशी नदीले कटान गरेको छ भने माथिबाट लेदोले सडक ढाकेको छ । सडक जोगाउन नदीबाट लगाउनुपर्ने मेसेरेनरी पर्खाल, प्लम्ब ढलान, जाली गाह्रोजस्ता संरचना गुणस्तरहीन भएपछि नदीले सडक कटान गर्ने र भासिदै जाने क्रम देखिएको हो । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले नदीमा बाढी आएपछि सडक कटान गर्ने र भासिने गरेको बताए । राजमार्ग अवरुद्ध हुन नदिन चौबिसै घण्टा डोजर तैनाथ गरेर काम गर्दै आएको उनले जानकारी दिए । रासस