तान्जानियाको पूर्व राष्ट्रपतिको ८१ वषको उमेरमा निधन

साउन ९, काठमाण्डौँ – तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ । तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उनि देशका तेस्रो राष्ट्रपतिको रुपमा चयन हुनु भएको थियो । उनले सन् १९९५ बाट २००५ सम्म दुई कार्यकाल राष्ट्रपतिको रुपमा शासन गरेका थिए ।

तान्जानियाका तेस्रो राष्ट्रपतिको निधनबाट ‘म दुखी भएको छु र यो देशको लागि ठूलो क्षति हो । आउनुहोस्, हामी उहाँहरूका लागि प्रार्थना गर्रौ र थप जानकारी पछि आउनेछ ’ राष्ट्रपति जोन मगुफुलीले टेलिभिजनमार्फत गरेका थिए को छोटो सम्बोधनमा बताएका छन् । मकापाको मृत्युको कारण भने तत्कालिन खुलाइएको छैन् ।

मकापाको जन्म सन् १९३८ मा दक्षिणपूर्वी मटवाराको एक गरीब परिवारमा भएको थियो । उनले उगान्डामा अंग्रेजीमा विषयमा डिग्री हासिल गरेका थिए । उहँो देशको पहिलो राष्ट्रपति जुलियस नायरेरेको प्रेस सल्लाहकारमा नियुक्त भई काम गरेका थिए ।

राष्ट्रपति हुनुअघि उहाँले विदेश मन्त्री र सूचनामन्त्री जस्ता मन्त्रीपरिषदका पदहरू सम्हाल्नु भएको थियो । राष्ट्रपति हुनु भन्दा अघि उनि संयुक्त राज्य अमेरिकाको राजदूतको रूपमा पनि भएका थिए ।

उनको राष्ट्रपति कार्यकालमा आर्थिक सुधार,उद्योगहरू निजीकरण र अर्थव्यवस्था उदारीकरणको भएको मानिन्छ । रासस/एएफ