कर्मचारी सञ्चय कोष र एन आई सी एशिया बैंकबीच सम्झौता, ऋणीहरूले विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने

 

साउन ७, काठमाडौं – कर्मचारी सञ्चय कोष र एन आई सी एशिया बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार अब कर्मचारी सञ्चय कोष (प्क्प्) बाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।

उक्त समझदारीपत्र (ःयग्) मा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू तथा कोषको तर्फबाट मुख्य प्रबन्धक श्री अर्जुन कुमार गौतमज्यूले हस्ताक्षर गरेका छन् ।

बैंकले नेपाल क्लियरिङ्ग हाउस लि. (KSK ) सँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिइरहका ऋणीहरूलाई सुविधाका लागि निमित्त कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको हो ।