कान्ति बाल अस्पताललाई हिमालयन बैंकको सहयोग

साउन ३, काठमाण्डौँ – संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत हिमालयन बैंकले कान्ति बाल अस्पतालमा पानी प्रशोधन मेशिन मर्मतसम्भार गरेर उपलब्ध गराएको छ ।

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुविधाका लागि अस्पताल हातामा रहेको उच्च प्रविधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र युएफ फिल्ट्रेशनको मर्मतसम्भार गरी अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ । उक्त मेशिन मर्मतसम्भार गर्न बैंकले रु एक लाख ४२ हजार ९४५ खर्च गरेको छ । बैंकका तर्फबाट बैंकका महाराजगञ्ज शाखा प्रबन्धक अभयबहादुर शाहले उक्त मेशिनको मर्मतसम्हारपछि अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललाई आज हस्तान्तरण गरे । रासस