आज राती देखि लकडाउन अन्त्य, तर अझै निषेधित यि क्षेत्र

साउन ६, काठमाडौं –चैत ११ गतेदेखि जारी लडाउनको अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गतेको मध्यरातदेखि लागु हुनेगरी बन्दाबन्दी (लकडाउन) अन्त्य गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधीमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मनोवैज्ञानिक त्रास कम गर्नका लागि आज रातिबाट लागु हुनेगरी बन्दाबन्दीको अन्त्य गरे पनि जोखिमको अवस्था हेरेर कतै निषेधित क्षेत्र घोषणा गर्न सकिने खतिवडाको भनाइ छ ।

मंगलबार राति १२ बजेदेखि अन्त्य भएको बताए पनि होटल, रेष्टुरेन्ट साउन १५ गतेदेखि, हवाई उडान भदौ १ गतेदेखि, सीमा प्रतिबन्ध साउन ३२ गतेसम्म बन्द रहने जानकारी दिएका छन् ।

त्यस्तै शैक्षिक संस्थाले भदौ १ गतेदेखि भर्ना र परीक्षा मात्र सञ्चालन गर्न पाउने, पठन पाठनबारे पछि निर्णय हुने भनिएको छ भने लामो दूरीका सार्वजनिक यातायात पनि भदौ १ गतेदेखि खुल्ने सरकारले जनाएको छ।