मंगलबार १५० जना कोरोना संक्रमित थपिए

काठमाडौँ– नेपालमा मंगलबार  १५० जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना संक्रमित पुष्टि भएको  जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको छ।  डिस्चार्ज हुनेहरुको संख्या १२ हजार ४ सय ७७ पुगेको छ।