सम्मान – एक अमेरिकी नागरिक ज्याकको मानवीय मुटुलाइ

साउन ३, काठमाडौ- आज शनिवारको दिन । दिन कसरी बिताउने होला ? त्यसो त खासै प्रोग्राम बनाएर चल्ने दिन चर्या त छैन । स्वभाविक जे सन्मुख पर्छ सोही बमोजिम अघि बढने शैली चल्दै आएको छ मेरो ।

हिजो मित्र राधेश्यामजीले सानो सूचना छोड्नु भएको थियो । भोली १२ वजे ललितपुरको ठाडो ढुङ्गा झम्सीखेलमा आउनु । धन्यवाद ज्ञापन कार्यक्रम छ ।

यहि सुचना पछ्याउदै उक्त स्थानमा पुग्दा अमेरिकी नागरिक मिस्टर ज्याकका साथ अन्य सबै मित्रहरू पुगि सक्नु भएको थियो । तोकिएको समयमै कार्यक्रम आरम्भ भयो । शाकाहारी पार्टिका प्रमुख महासचिव मधु शर्मा दिदी र आदरणीय मिना दिदीले उहाँलाई सम्मान स्वारुप मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा उपस्थित करिव दुई दर्जन सहभागिले ज्याक प्रति उच्च सम्मान प्रकट गरे ।

आखिर ज्याक को हुन ? सम्मानयोग्य काम के गर्नु भयो ?
ज्याक लोभाज अमेरिकी नगरिक हुन । उनि शाकाहारी मात्रै नभएर पशुजन्य उत्पादन दूध, दही,घिउ, पनीर, खुवा केही पनि खादैनन । दुधमा उस्को वच्चाको अधिकार हुन्छ त्यो हामी खानु हुदैन भन्ने सन्देश लिएर उनि देश विदेश घुम्छन ।

उनी veg voyages co-founder र world vegan organization को चेएरम्यान पनि हुन । यति ठूलो पदमा आसिन व्यक्ति यति सरल सुगम लाग्छन की जस्तो खेल्दै गरेको बालक ।

यो मैले एक छिनको भेटबाट शब्द व्यन्ञ्जना थपेर गाएको गीत भने पटक्कै हैन । न त मलाई उनले भरपूर मिठाई ख्वाएर महिमागान गराउन खोजेका हुन ।

प्रसँग सम्मानको राखिएकोले किन उनलाई नै गरियो त भन्ने कुराको गुदिमा पुग्न खोजेको हो ।

पटक पटक उनीसँग सेवाको क्रममा भेट भयो र म भाषिक ज्ञानबाट पोख्त नभए नि उनको व्यक्तित्व र व्यवहारबाट परिचित हुन समय लागेन ।

मानवसेवा आश्रमको भोजन सेवामा हिँड्दा उनी भेगान हुन भन्ने जानकारी मलाई भएको हो ।साथै मानवसेवा आश्रमको मातहत सडकमा अलपत्र भोकाएका दीनदुःखी पात्रहरूलाई भोजन सेवा दिने क्रममा पटक(पटक गरेर झण्डै एक हप्तासम्मको भोजन सेवालाई उनले जिम्मेवारी लिएका थिए ।

बिहान बेलुका लगभग दुई छाकमा ६००/७००ले भोजन सेवा लिएका थिए । प्रत्येक दिनको दुइ छाक भोजन खर्च लगभग ३०००० थियो ।

यसरी मानवीय सेवामा दिल खोलेर विदेशबाट आएका पात्रले गरेको सेवाको मोल यी शब्द महिमाले उघार्न सक्छन् भन्ने मलाई लाग्दैन ।

जति हामिले आफ्नोपनको भावावेशमा गरेका हुन्छौँ, त्यो भौगोलिक अपनत्वलाई जनाएर, आफ्नै नेपाली दाजुभाई भनेर गरिने सेवा त सेवा नै हो यसमा शँका छैन। तर विदेशी मनबाट हुनु भनेको भौगोलिक धरातललाई, रगतको सम्बन्धलाई उछिनेर गरिएको निस्वार्थ सेवा साँच्चै नै बन्दनिय छ ।

यो त मानवसेवा आश्रमबाट गरिएको मानवताको गाथा भयो जुन मेरो आँखाको सामु घटेको घटनाको म प्रत्यक्ष दर्शी हुँ ।

अव यस पछि आज सम्मान गरिएको स्थान सिया भेगान रेस्टुरेन्ट ठाडो ढुङ्गा झम्सीखेलको विषयलाई उठाउँ । नेपाल शाकाहारी पाटीले निशुल्क शाकाहारी भोजन यहीँबाट आरम्भ गरेको हो । जसको शुरूवात नेपालका भेगान एशोसिएनका वर्तमान अध्यक्ष शुरेस शर्माको सर सल्लाहमा ज्याकजीले हातेमालो गरे । झण्डै दस हजार प्लेट भोजन प्रति प्लेट १०० रूपैयाका दरले ज्याकजीले बेहोरेका छन । जुन कुरा नेपाल शाकाहारी पाटीका अध्यक्ष मित्र राधेश्याम खडकाले बताए ।

यस वल्ड भेगान अर्गनाईजेसनका चेएरम्यान ज्याकजीले यति मात्रमा सन्तोष गर्नु भाको छैन, सडकमा भोक प्यासबाट पीडित गाई र कुकुरहरूलाई पनि आजका दिनसम्म नियमित सेवा सम्पादन गर्दै आएका छन ज्याक लोभाज ।

क्यान्सर पीडित मृगौला पीडित बिरामीहरूलाई अहिलेसम्म पनि भक्तपुरमा नियमित सेवा ब्राउन राईस तथा २५/३० प्रकारका सब्जीहरू पुर्याउँदै आएका छन उनी ।

यो पवित्र सेवा उनले कुनै लाभाँस प्राप्तिको हेतु लिएर गरिरहनु भएको भए आज उनलाई सम्मान गर्नुको कुनै औचित्य रहने थिएन ।

विलकुल निस्वार्थ भावमा गरिएको र जोखिमपूर्ण कोरोनाको जटिलतामा पनि स्वयँ खटेर गर्नु भएको यो सेवाको मूल्य अनमोल छ ।

जहाँ हामी घरबाट निक्लन थरथराएको अवस्थामा एक विदेशी नागरिकको यो जोरतोरबाट गरिएको सेवालाई कुनै पनि मानवीय मुटुले भुलाउन सक्दैन ।आर्दश दाश