कलाकारलाई गाली नगर्न ७ संघको चेतावनी

असार ३०, काठमाडौं– कलाकार बिच आरोप(प्रत्यारोप भइरहेको समयमा  चलचित्रसँग सम्बन्धित विभिन्न ७ सङ्गठनले संयुक्त वक्तव्य जारी गर्दै चलचित्रकर्मीहरूमाथि आएका गालीगलौज र अश्लील प्रतिक्रियामा संवेदनशील भएको उल्लेख गरेका छन् ।

नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ, नेपाल चलचित्र नृत्य संघले संयुक्त विज्ञप्ति जारी गर्दै गालीगलौज र अश्लील प्रतिक्रिया नरोकिएमा कानुनी उपचार खोजिने बताइएको छ ।

संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको भन्दैमा कसैको मानमर्दन गर्नु, अश्लील आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु कसैको पनि अधिकार नभएको भन्दै यस्तो काम निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।