कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, डिस्चार्ज हुनेको संख्या १० हजार बढी

असार ३०, काठमाडौं – आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।