भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ लाख पुग्यो

असार २७, एजेन्सी – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ ।

शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् ।

ती मध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या एकैदिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्यामध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।

पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५१९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।