गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

 

असार २७, कास्की – गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा तनहुँका ४, स्याङ्जा, बागलुङका ३र३, कास्की र म्याग्दीका २र२ जना रहेका छन् ।

कोरोना देखिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।
यो सँगै गण्डकीमा संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ ।