दुर्गेश थापालाई गीत चोरीको आरोप

असार २४, काठमाडौं –गायक दुर्गेश थापाको नयाँ गीतलाई चोरीको आरोप लागेको छ । उनको नयां गीत ‘एउटा फोटो खिच’मा चोरीको आरोप लागेको हो ।

लोक कवि अलि मियाँको गीत ‘आकाशमै बादलु डम्मै छ’को अन्तरा हुबहु चोरी गरेको आरोप लागेको हो ।

अलि मिया लोक वाङ्मय प्रतिष्ठानले गायक प्रेमराजा महत र हरिदेवी कोइरालाको स्वर गीतको शब्द चोरेको आरोप लगाएको हो ।

गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने अन्तरा मिल्ने बताइएको छ । थापा गत बर्ष ‘बीच्च बीच्चमा’ गीत मार्फत चर्चामा आएका थिए ।