काठमाडौंका ६ सहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि

असार १५, काठमाडौं —नेपालमा थप ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ६ जनासहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

संक्रमितमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको गौतमले जानकारी दिए