अच्युत र सविनाले सलह बेचेर कमाए १ सय ७० रुपैया

असार १४, बुटवल – शनिबार नेपालमा भित्रिएको सलह किरा समाएर स्थानीय तहमा बुझाउने लाई प्रतिकेजी २० रुपैयाँ दिने निर्णय प्रदेश ५ ले घोषण गर्यो ।

प्रदेशको यो निर्णयले स्थानीयहरुलाई हौसाएको छ । सर्वसाधारणहरुले सलह किरा छोपेर स्थानीय तहमा बुझाउँन सुरु गर्दै सरकारलाइ सहयोग गर्न थालेका छन् ।

आइतबार बुटवल ४ का अच्युत न्यौपाने र सविना थारुले सलह किरा छोपेर वडामा बुझाएका हुन् । उनिहरुले करिब ८ किलो सलह किरा बुझाएको बुटवल ४ का वडा अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।

उनिहरुले जम्मा पारेको सलह किरा प्रतिकिलो २० रुपैयाका दरले जम्मा १ सय ७० भुत्तानी गरिएको बताइएको छ ।