बागमती प्रदेशमा पनि देखियो सलह, थाल र टिन बजाउदै कृषक

असार १४, काठमाडौं – शनिबार नेपालको तराइ क्षेत्रमा प्रवेश गरेको सलह किरा काठमाडौमा पनि देखिएको छ ।  ठुलो सख्यामा हुने र बाली नष्ट गर्ने सलह किरा बाग्मती प्रदेशको  बिभिन्न जिल्लामा देखिएको बताइएको छ ।

बाग्मती प्रदेशका जिल्लाहरु चितवन, मकवानपुर, ललितपुर र काभ्रेमा ठूलो संख्यामा सलह प्रवेश गरेको हो ।  शनिबार पर्सा, बारा, सर्लाही र रुपन्देहीमा गरेर ४ ठाउँमा प्रवेश गरेको थियो ।

बारामा देखिएको सलहको ठूलो झुण्ड टुक्रिएर काभ्रे र मकवानकपुर पुगेको प्रदेशका कृषि विज्ञहरूले जानकारी दिएका छन् ।

सलह किरा हटाउनका लागि मकवानपुरगढीका कृषकहरुले थाल र टिन बजाउन थालेका छन् । मकवानपुरगढीमा संख्यामा सलहको झुण्ड रहेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।