पशुपति शर्माले ल्याए तीज गीत ‘मुन्छे झिल्के झिल्के’ – भिडियो सहित

असार १३, काठमाडौं – गायक पशुपति शर्माको तीज गीत सार्वजनिक भएको छ ।

पशुपति शर्मा र सरस्वती लामिछानेको स्वर रहेको तीज गीत ‘मुन्छे झिल्के झिल्के’ शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा गायक शर्मा कै शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोमा सम्झना बुढाथोकी र महेन्द्र गौतम फिचर्ड छन् ।

भिडियोलाई दुर्गा पौडेलले निर्देशन र नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।