एक किलो सलह किरा जम्मा गरे २० रुपैया पाइने

असार १३, काठमाडौं – सलह किरा नेपालमा भित्रिएको छ । सलह किरा नेपालमा भित्रिएसंगै किसानहरुमा डर क्रास उत्पन्न भएको छ । सरकारलाई भने ब्यबस्थापनमा चुनौती थपिएको छ ।

सरकारले सलह किराको क्षति कसरी न्युनीकरणमा जोड दिएको छ । यसै सन्र्दभमा प्रदेश नं ५ को सरकारले एक किलो सलहको २० रुपैयाँ दिने निर्णय गरेको छ । सलह किरा जम्मा गरेर ल्याउनेलाई किलोको २० रुपैयाँका दरले नगद दिने घोषणा गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलेस लह किरा दिउँसो उड्ने र साँझमा बास बस्ने भएकाले बास बसेकै ठाउँबाट संकलन गर्न सकिने भएकाले सलह संकलन गर्न र सरकारले दिने प्रोत्साहन बापतको रकम लिन अपिल गरेको छ ।

यसले सलह नियन्त्रण हुने र खेती जागिने महत्वपूर्ण उपाय भएको प्रदेश सरकारको ठहर रहेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार यस जातका किरालाई मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने छ ।

शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । यो किरा नेपालका विभिन्न जिल्लामा पुगिसकेको छ ।

सलह किराका कारण सन् २०२० को फेब्रुअरीमा पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकाल घोषणा गरिएको थियो भने । भारतमा मे महिनामा प्रवेश गरेको सलहले ५० हजार हेक्टरमा लगाएको बालिनै नष्ट गरेको थियो