गण्डकीमा थप ३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ सय ८८ पुग्यो

असार १३, कास्की –गण्डकी प्रदेशमा थप ३४ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार ४ जिल्लाका ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरु बाग्लुङ, तनहुं, पर्वत र सल्यानका रहेका शर्माले बताए ।

यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ८ सय ८८ पुगेको छ ।