कोरोनाबाट गण्डकी प्रदेशमा थप १ जनाको मृत्यु

असार ११, कास्की – गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड(१९) बाट थप १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुष रहेका छन् ।

८ असारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसीयूमा भर्ना भएका उनको उपचारका क्रममा बुधबार राति निधन भएको अस्पतालका निर्देशक प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।

योसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।