रंगीचंगी छाता – फोटोफिचर

असार १०, काठमाडौं – गत जेठ १० गते रुकुम पश्चिम सोतीमा नवराज विकसहितका ६ जनाको वीभत्स हत्या गरिएको विरोधमा बुधबार संयुक्त राजनीतिक दलित सघंर्ष समितील माइतीघर देखि बानेश्वरसम्म खबरदारी सभा आयोजना गर्यो ।

बर्षातको मौसममा सहभागीहरु छाता बोकेर उपस्थिति भएका थिए । बर्षाको समयमा पानी पर्छ कि भन्ने  चिन्ता सबैलाई थियो ।  सभाको समयमा पानी होइन चर्को घाम लाग्यो तर पनि चर्को घामलाई छाताले छेल्दै मानिसहरुले सभामा सहभागीता जनाए ।

सहभागिहरु ब्यत्तिहरुमा बिबिधता थियो नै । उनिहरुले ओडेको छातामा झन धेरै बिबिधता देखियो । सभामा बिभिन्न प्रकारका छाताहरु देखिए । कुनै छाता सादा थिए भने कुनै बुट्टे थिए । आकारमा पनि सानाठुला देखिए ।

हेरौ तस्बीरमा