खबरदारी सभा – माइतीघर देखि नयां बानेश्वरसम्म – फोटोफिचर

असार १०, काठमाडौं – गत जेठ १० गते रुकुम पश्चिम सोतीमा नवराज विकसहितका ६ जनाको वीभत्स हत्या गरिएको विरोधमा यतिबेला देशभर प्रदर्शन भइरहेका छन् ।

पिडित परिवारलाई न्यायको माग गर्दै बिभिन्न संघसंस्थाहरुको आयोजनामा देशभर प्रर्दशन भएको छ ।

यसै सन्दर्भमा आज काठमाडौंमा संयुक्त राजनीतिक दलित सघंर्ष समितीले खबरदारी सभा गरेको छ ।समितीका अध्यक्ष बोम बिश्वकर्माको अध्यक्षतामा माइतीघर देखि नयां बानेश्वरसम्म प्रर्दशन गर्दै खबरदारी सभा गरेको हो ।  सभामा हत्याको अनुसन्धान कुनै राजनीतिकरण नगर्न  खवरदार गरिएको थियो ।

सभामा सहभागिहरुले प्रर्दशनकारीले हत्यारालाई कारबाही गर्न, छुवाछुत अन्त्य गर्नुपर्ने  लगायतका  माग राखेका थिए ।

हेरौ तस्बीरमा