गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

असार १०, कास्की – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।

गएराति प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकीमा संक्रमितको कुल संख्या ७ सय २९ पुगेको छ ।

नयाँ संक्रमितमा स्याङ्जाका ७, लमजुङका ५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ३, पर्वत, बागलुङ, तनहुँ र गोरखाका १र१ जना रहेका गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।