धेरै मोबाइल चलाउनु स्वास्थ्यका लागि हानीकारक

असार ९, काठमाडौं – अहिलेको समयमा मानिसहरुको धेरै समय मोबाइलमा नै बित्ने गर्दछ । झन लकडाउनका कारणले फर्सद भएपछि मोबाइल चलाउने समय बढेको छ । ब्यत्तिगत जिवनमा मोबाइल एक आवश्यकता पनि बनेको छ । तर धेरै मोबाइल चलाउन स्वास्थ्यका लागि हानिकारक हुने बिज्ञहरुले बताउदै आएको छन् । मोबाइलको धेरै प्रयोगले मानसिक तथा शारीरीक स्वास्थ्यमा असर गर्ने अध्ययनहरुले देखाएका छन् ।

धेरै मोबाइल चलाउदा के कस्ता असर पर्दछन भन्ने बारेमा यहां चर्चा गरिएको छ ।

निन्द्राको समस्या
रातीको समयमा मोबाइल धेरै चलाउनाले निन्द्रामा असर पर्न जान्छ । मार्ट फोनमा लामो समयसम्म बस्दा हाम्रो दिमाग एकोहोरिने र दिमागले पर्याप्त मात्रामा मेलाटोनिन हर्मन (यसले निदाउन सहयोग गर्छ)उत्पादन गर्न नसक्ने अनुसन्धानले देखाएको छ। मेलाटिनिन उत्पादनमा बाधा पुगेपछि हामी पर्याप्त सुत्न सक्दैनौँ।

यौन जीवनमा असर
स्मार्ट फोनको कुलतमा फसेका मानिसको यौन जीवन सुखदायी नहुने अध्ययनहरुले देखाएका छन्। स्मार्ट फोनमा राति व्यस्त हुने जोडीले यौन क्रियाकलापलाई बिर्सिरहेका हुन्छन्। स्मार्टफोनमा आ–आफ्नो मन परेको भिडियो वा दृश्य हेर्दै मख्ख पर्दा या च्याटमा अरुसँग मात्र रामाउँदा कतिपय जोडीको सम्बन्धमा दूरी बढेको हुन्छ। मोबाइलमा हरबखत गेम खेलेर बस्नेहरुले पनि आफ्नो पार्टनरलाई समय दिन नसक्ने भएकाले एकअर्कामा भावना आदानप्रदान समेत नहुने गरेको अध्ययनले देखाएको छ।

निस्क्रिय जीवनशैली
मोवाइलमा गेम खेल्ने, फिल्म तथा भिडियो हेर्ने र इन्टरनेट चलाउँदा मानिसको जीवनशैली निक्रिस्य र असामाजिक बन्दै गएको केन्ट स्टेट युनिभर्सिटीको अध्ययनमा उल्लेख छ। अध्ययन अनुसार दिनमा १२ घण्टाभन्दा बढी स्मार्ट फोनमा बिताउने विद्यार्थीको फिटनेसन शून्य थियो। अध्ययनमा सहभागी मध्ये दुई घण्टा फोन प्रयोग गर्ने विद्यार्थीको शरीर भने निकै गठिलो र पुष्ट पाइएको थियो। स्मार्टफोनको प्रयोगले विशेषगरी किशोर–किशोरी र युवायुवतीलाई एक्लो बनाउनुका साथै समाजमा घुलमिल हुन नसक्ने बनाएको अध्ययनमा उल्लेख छ।

बढ्दो दुर्घटना
मोबाइल प्रयोगकर्तालाई मेसेजबाट पनि नराम्रो असर गरेको देखिएको छ। बाटोमा हिँडेको, भर्याङबाट झरेको, गाडीबाट उत्रिएको वा वाइकको पछाडि बसिरहेको बेला मोबाइलमा बजेको मेसेज टोनले ध्यानाकर्षण गरेर दुर्घटना हुने गरेका छन्। ड्राइभिङको समयमा उठाएका फोन वा तत्काल मेसेज हेर्नाले गर्दा सन्तुलन बिग्रिन गई दुर्घटना भएका उदाहरण पनि छन्।

मानसिक रुपमा विक्षिप्त
आफ्नो फोन एकछिन नभेटिँदा वा हराउदा कति आत्तिनुहुन्छरु सम्भवत संसारकै सबैभन्दा बहुमूल्य वस्तु हराएजस्तो हुन्छ होला। किन मोबाइलप्रति हामी यस्तो आशक्ति देखाउँदैछौरु माबाइल सेक्युरिटी कम्पनी लुकआउटले गरेको एक अनुसन्धान अनुसार मोबाइल हराउने अधिकांश व्यक्ति ‘पेनिक’ हुने गरेका छन् ।