गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना सङ्क्रमित, कूल संख्या ५०४ पुग्यो

असार ७ , कास्की – गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज देखिएका मध्ये पर्वतमा २ जना, बागलुङमा ९ जना, म्याग्दीमा १ जना र तनहुँमा ४ जना रहेका छन् ।

यो सँगै अब गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४ पूगेको छ । संक्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यस प्रदेशमा संक्रमित भएका मध्ये ४९ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । शनिबार पनि गण्डकीमा १०८ जना सङ्कमित थपिएका थिए ।