विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने नेकपाका निष्कर्ष

 

असार ६, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विदेशी महिलाले स्वदेशी पुरुषसँग विवाह गरेर सात बर्ष स्वदेशमा बसेको हुनुपर्ने र त्यसबीचमा विदेशको नागरिकता त्यागेको प्रमाण पेस गरेपछिमात्रै नेपाली अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको जानकारी दिए ।

यसअन्तर्गत नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ बर्ष बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागारिकता वा त्यस्तै कागजात भए त्यसलाई त्यागेको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागारिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको श्रेष्ठले बताए ।

नेकपाले शुक्रबार पार्टीका केही नेता तथा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेका सांसदहरुसँग परामर्श गरेको थियो भने बिहीबार काँग्रेससँग छलफल गरेको थियो ।