टिकटकका हिट सुधीर श्रेष्ठ म्युजिक भिडियोमा – हेरौ भिडियो

असार ५ , काठमाडौं – टिकटकका हिट सुधीर श्रेष्ठ म्युजिक भिडियोमा देखा परेका छन् । मेलिना राई र सरोज ओलीको स्वर रहेको ‘ए है माया’ बोलको गीतको म्युजिक भिडियोमा उनले अभियन गरेका छन् ।

सरोज ओलीको निर्देशन रहेको उक्त भिडियोमा पल शाह, सागर लम्साल र रियाशा दाहालको समेत अभिनय रहेको छ ।

गीतको शब्द गायक ओली आफैले लेखेका हुन् भने दीपक शर्माको सङ्गीत, श्यामस्वेत रसाइलीको एरेन्ज रहेको छ ।

विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतीले खिचेका हुन् ।