लगानी बोर्डको सिइओका लागि दरखास्त आव्हान

असार ५, काठमाडौं – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका दरखास्त आव्हान गरेको छ। बोर्डका तत्कालीन सिइओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएसँगै रिक्त स्थानमा पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रकाशन गरेको सूचनाअनुसार योग्यता पुग्ने ईच्छुक व्यक्तिले १५ दिनभित्रमा दरखास्त दिन सक्नेछन्।

लगानी बोर्डको सिइओ हुन अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक(निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन,

बैंकिङ, वित्तिय क्षेत्र तथा औद्योगिक व्यवस्थापनमा १० वर्ष काम गरेको अनुभव हुनुपर्छ। ३५ वर्ष पुरा भइ ६५ वर्ष उमेर पुगेका व्यक्ति यसका लागि योग्य हुन्छन्।