कतारबाट २० जनाको शव सहित ४३ नेपाली काठमाडौं आइपुगे

असार ५, काठमाडौं – कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश आइपुगेका छन् ।

कतारमा लकडाउनको अवधिमा मृत्यु भएका ४० मध्ये २० जनाको शव पनि ल्याइएको छ ।  कतार एयरवेजको क्युआर ३२३४ विमानमा उनीहरू शुक्रबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

शव सम्बन्धित परिवारको घरमै पु¥याउने व्यवस्था मिलाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।