थप ४५१ ब्यत्तिमा कोरोना संक्रमण पुष्टि

असार १, काठमाडौं – नेपालमा आज थप ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएका बताए । हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।