कामपा १० का वडा अध्यक्ष भन्छन् ‘आइसोलेशन बेड सहितको तयारीमा छौं ’

असार १, काठमाडौं –कोरोना रोकथाम र नियन्त्रणका लागि चैत ११ गते देखि लागु भएको लकडाउन असार १ गते देखि खुकुलो भएको छ । लकडाउन खुकुलो भएसंगै मानिसहरुको चहलपहल बढेको छ ।

ब्यबसायहरु सञ्चालनमा आउन थालेका छन । निजी तथा सरकारी कार्यलयहरु पनि खुल्न थालेका छन् । एकातिर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने अर्कोतिर लकडाउन खुकुलो हुदै गएको छ । यो जटिल अवस्थामा बिशेष सुरक्षा अपनाउन बिज्ञहरुले आग्रह गरेका छन् ।

यस्तो अवस्थामा काठमाडौं महानगरपालिक वडा नं १० मा कोरोना सुरक्षा, राहत, र क्वारेन्टिनको व्यवस्था कसरी गरेको छ ? यस्ता बिषयमा वडा अध्यक्ष रामकुमार के.सी संग इमेल खवर डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ, उनिसंग गरिएको कुराकानीको अंश उनकै शब्दमा –

जनचेतना

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यस्तो अवस्थामा लकडाउन भने खुकुलो हुदै गएको छ । यस्तो परिस्थीतिमा वडाले बडाबासीहरुलाई बिशेष सर्तकता अपनाउन जनचेतना जगाईरहेको छ । अहिले बजार खुल्ला भइसकेको अवस्था छ । मानिसहरुको चहलपहल बढ्दो छ । हामीले पसलहरुमा भिडभाड नगर्न आग्रह गरेका छौं । भिडभाड रोक्नका लागि नगर प्रहरीले निगरानी गरिरहेका छन् । त्यस्तै वडा क्षेत्रका बिभिन्न स्थानमा साबुन पानीको ब्यबस्था गरेका छौं । वडामा कामका लागि आउने सेवाग्राहीहरुका लागि सेनिटाइजर, माक्स, हात धुने ब्यबस्था मिलाएका छौं ।

आइसोलेशन बेड

सम्भवित संक्रमितलाई मध्यनजर गर्दै आइसोलेशन बेड तयारी गरेका छौं । यस वडामा रहेका ३ बटा अस्पतालमा यो व्यवस्था गरेका हौ । हाल १९ वटा बेड सहितको बेड बनाएका छौं । यसरी अस्पतालमै आइसोलेशन बेडको ब्यवस्था हुदा संक्रमितहरुले उचित सेवा पाउनेमा हामी बिश्वस्त छौं । यदि संक्रमित बढ्दै गएमा क्वारेन्टाइन साथसाथै क्षमता पनि बढाउने योजनामा छौं ।

राहत बितरण

पहिलो चरणमा हामीले करिब ७ हजार ब्यत्तिलाई राहत प्रदान गर्यौ तर अहिले ‘राहत होइन रोजगार’ भन्ने महानगरको अभियानमा हामी छौं । उनिहरुलाई वडामै काम लगाएर राहत बितरण गरिरहेका छौं । अशक्त सुत्केरीहरुलाई वडा मार्फत घरमा राहत पुर्याउने ब्यवस्था मिलाइएको छ ।

समस्या र चुनौतीहरु

लकडाउन खुकुलो भएको अहिलेको समयमा काठमाडौमा ठुलो चुनौती देखेको छु । अव बिभिन्न जिल्लाबाट मानिसहरु आउने काठमाडौ भित्रिने क्रम बढेको छ । पिसिआर परिक्षण गरेर मात्र आउने सरकारको नियम भएपनि त्यो प्रभावकारी हुन सकेको छैन । उनिहरुको पहिचान गर्न सकिने अवस्था पनि छैन । यसले गर्दा काठमाडौंमा संक्रमण फैलिने स्थिीति देखिएको छ । संक्रमितहरुको रिपोर्ट आउन समय लाग्ने भएकाले थप जटिल बन्दै गएको छ ।