चट्याङले लागेर १० बर्षीया बालिकाको मृत्यु

असार १, भोजपुर – चट्याङले लागेर भोजपुरको षडानन्द नगरपालिकी १० बर्षिय एक बालिकाको मुत्यु भएको छ ।

भोजपुरकै ट्याम्केमैयुम गाउँपालिका १ घर भई मावली घरमा बस्दै आएकी रामजी राउतको १० बर्षीया छोरी रितिका राउतको आईतवार दिउँसो मुत्यु भएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।

प्रहरीको अनुशार घर छेउकै खेतमा धान रोप्ने क्रममा अचानक चट्याङले लागी घाईते भएकोमा उपचारको लागी खार्ताम्छा उप –स्वास्थ्य चौकीमा मुत्यु भएको हो ।