चार्टर विमानमार्फत ओमानबाट आइपुगे १६६ नेपाली

असार १, काठमाडौं – ओमानबाट १६६ नेपाली काठमाडौं आइपुगेका छन्।सलाम एयरको चार्टर विमानमार्फत उनीहरु आज काठमाडौं आइपुगेका हुन्। उनीहरुसँगै एउटा शव समेत ल्याइएको छ।

उनीहरु सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा स्वदेश फर्किएका हुन् । ओमानबाट सलाम एयरमार्फत आएका यात्रुहरुले ११५ ओमानी रियाल अर्थात् ३६ हजार नेपाली रुपैयाँ तिरेका छन्।

ओमानबाट फर्किएकाहरुसँग कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ भएकाले उनीहरु होम क्वारेन्टाइनमै जान पाउने बताइएको छ।