मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

जेठ २९, काठमाडौं – सामाखुसीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारास्थित सडकमा आज बा९५प ६४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ न्यूरोडका ३४ वर्षीय निरज सिख्राकारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते सिख्राकारको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा काठमाडौँ–१६ नयाँबजारका २६ वर्षीय बेरन लामा सामान्य घाइते भएका छन् । घाइते लामालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।रासस