एमसीसीको विरोधमा प्रदर्शन

जेठ २९, काठमाडौं – एमसीसी परियोजनाविरुद्ध साँखु बजारमा विरोध प्रदर्शन भएको छ । शंखरापुर नगरपालिका–३ जहरसिंपौवाबाट शुरु भएको विरोध प्रदर्शनसहितको ¥याली ६० मोटरसाइकलसहित साँखु बजारसम्म आएका थियो । साँखु र जहरसिंपौवाबासीले निकालेको जुलुस साँखु बजार परिक्रमापछि नगरपालिकाको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सो ¥यालीमा सहभागीले एमसीसी खारेज गर, ब्याक अफ एमसीसी लगायतका नारा लगाउनुका साथै एमसीसी विरोधी प्लेकार्ड थिए । नेपाली काँगे्रसका शंकर तिवारीलगायतले एमसीसी परियोजनाले पार्ने समस्या, यस क्षेत्रका बासिन्दाको अधिकार हनन हुने विषयमा बोल्दै परियोजना कुनै हालतमा पास हुन नहुने बताए ।रासस