मोटरसाइकलमा एकजना भन्दा बढी चढ्न नपाइने

जेठ २९, काठमाडौं – बिहिबारदेखि मोटरसाइकलमा एक जना ब्यत्ति मात्र हुनुपर्ने नियम लागु हुने भएको छ ।

सरकारले लकडाउन खुकुलो बनाउने क्रममा सो नियम लागु गरेको बताएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले मोटरसाइकलमा एक जनाभन्दा धेरै चढ्न नपाइने बताएका छन् ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्दै खतिवडाले सामाजिक दुरी कायम गर्नका लागि सो ब्यबस्था गरिएको बताए ।