लकडाउन खुकुलो बनाइयो, अब के खुल्छ के खुल्दैन ?

जेठ २९, काठमाडौं – चैत ११ गतेदेखि लागु भएको लकडाउन केहि खुकुलो हुने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । सुरक्षा विधि अपनाएर लकडाउनको ढाँचा परिवर्तन गर्नुपर्ने दबाब सरकारमाथि बढे पछि लकडाउन खुकुलो बनाउने निर्णयमा सरकार पुगेको हो ।

सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, ब्यापार सञ्चालन गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् निर्णयअनुसार काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा स्थानीय प्रशासनको मूल्यांकनअनुसार पसल व्यवसाय सञ्चालन गर्न सकिने भएको छ ।पसल सञ्चालज गर्ने निर्णय गरेपनि कुन पसल र ब्यबसाय कसरी सञ्चालन गर्ने निर्णय भने आएको छैन ।त्यस्तै आवश्यक क्षेत्र भने सरकारले सञ्चालनमा ल्याइरहेको छ ।

उपत्यकामा र कम जोखिम क्षेत्रमा जोर बिजोर प्रणली गर्दै निजी सवारी साधन लागु गरिने बैठकले निर्णय गरेको छ । ट्याक्सी, लामो रुटका गाडी, हवाईजहाजको सम्बन्धमा भने कुनै निर्णय भएको छैन । कम जोखिम र संक्रमितको संख्या थोरै भएका ठाउँमा भने अब आन्तरिक गतिविधि थप खुकुलो हुनेछ ।

सपिङ मल, कलेज, बिद्यालय भने तत्काल सञ्चालन हुने छैनन् । त्यस्तै ब्यबसायिक हेल्थ, मसाज सेन्टर, सैलुन पनि बन्द हुने छन् । महत्सव , गोष्ठी सिमा नाकामा आवतजावत पनि बन्द हुनेछन् ।