निजी विद्यालयका शिक्षक भन्छन्, ‘अनलाईन कक्षा छ, तलब छैन । ’

लकडाउका कारण शैक्षिक गतिबिधिहरु ठप्प भएको हुदा करिब निजी बिद्यालयका दुई लाख कर्मचारीहरु बेरोजगार बनेको प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन (प्याब्सन)को तथ्यांक छ । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले निजी बिद्यालयहरुमा बिद्यार्थीहरुबाट शुल्क नलिएको कारण कर्मचारीहरुलाई तलब दिन नसकिएको बताए ।

जेठ २५, काठमाडौ– अनामनगरकी शर्मिला पन्त एक निजी बिद्यालयमा पढाउछिन । उनि ५ बर्षदेखि सोहि बिद्यालयमा प्राथमिक तहमा पढाउदै आइरहेकी छिन् । मासिक उनले २१ हजार पारिश्रमीक लिने गर्छिन । त्यहि पारिश्रमीकले उनकोे दैनिकी गुज्रन्थ्यो । केरोना भाइरस रोकथामका लागि लकडाउन सुरु भए पछि विद्यालय वन्द छ । अहिले उनले तलब नलिएको करिब दुई महिना पुगिसकेको छ । तर, उनको बिद्यालयको गतीबिधि भने रोकिएको छैन । उनि घरबाटै अनलाइन कक्षा सञ्चालन गरिरहेकी छन् । उनले इमेल खवर संग भनिन् ‘कक्षा त घरबाटै सञ्चालन भइरहेको छ । तर तलब पाउने कहिले हो थाहा छैन ।’

अनलाइन कक्षामार्फत बिद्यार्थीहरुलाई पढाउनु आफ्नो नया अनुभव भएको उनले सुनाइन् । भर्चुअल कक्षा मार्फत पढाउन सहज नभएको उनको अनुभव छ । कक्षाकोठामा प्रत्यक्ष बिद्यार्थीहरुलाई पढाएजस्तो सहज नहुने उनको भोगाइ छ । अनलाइन कक्षामा बिद्यार्थीहरु सबै उपस्थित नहुने र सबैलाई समेट्न नसकिने उनले बताइन् । उनि भन्छिन् ‘सबै बिद्यार्थीहरु उपस्थित नहुने भएकाले सबैलाई पढाउन नसकिने समस्या छ ।’

कारोना रोकथाम र नियन्त्रणका लागि सरकारले देशब्यापी रुपमा लागु गरिएको लकडाउनका कारण शैक्षिक गातिबिधिहरु यतिबेला ठप्प छन् । बिद्यालय कलेज बन्द छन् । तत्काल बिद्यालय खुलाउन सम्भव नहुने भन्दै सरकारले भर्चुअल कक्षालाई अगाडि बढाएको छ । निजी बिद्यालयहरुले पनि भर्चुअल कक्षालाई बिस्तार गर्दै गइरहेका छन् । बिद्यालयहरुले शिक्षकहरुलाई घरबाटै अनलाइन कक्षा सञ्चालन गर्नका लागि ताकेता गरिरहेका छन् । लकडाउनको समयमा निजी बिद्यालयहरुका शिक्षकहरुले तलब नपाएपनि भर्चुअल कक्षामा भने सक्रिय छन् ।

थानकोटको एक निजी बिद्यालयमा पढाउने शिक्षिका पनि अनलाइन कक्षामा सक्रिय छिन् । बिद्यार्थीहरुलाई पढाउनु,गृहकार्य दिनुमा उनि निकै ब्यस्तै हुन्छिन् । कहिले बिद्यालयको मिटिङ कहिले कक्षा सञ्चालन, भर्चुअल दुनियामै उनको दैनिकी बितिरहेको छ । बिद्यालय बन्द भएपनि आफुलाई भने फुर्सद नभएको उनि बताउछिन् । ‘बिद्यालयले अनलाइन कक्षा मार्फत पढाउनु भनेको छ, यसका लागि सधै सक्रिय नै हुनुपर्दछ ।’उनले भनिन् । बिद्यालयका गतीबिधिहरुमा सक्रिय भएपनि उनले तलब भने पाएकी छैनन् । तलब बारे बिद्यालयले पनि हालसम्म केहि भनेको छैन । बिद्यालय कहिलेदेखि सञ्चालन हुन्छ र रोकिएको तलब आउने नआउने बारे उनि अनभिज्ञ छन् । उनि भन्छिन् ‘तलब बारे हामीलाई बिद्यालयले केहि सुचना दिएको छैन, रोकिएको तलबबारे म अनभिज्ञ नै छु ।’

लकडाउका कारण शैक्षिक गतिबिधिहरु ठप्प भएको हुदा करिब निजी बिद्यालयका दुई लाख कर्मचारीहरु बेरोजगार बनेको प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन (प्याब्सन)को तथ्यांक छ । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले निजी बिद्यालयहरुमा बिद्यार्थीहरुबाट शुल्क नलिएको कारण कर्मचारीहरुलाई तलब दिन नसकिएको बताए । उनका अनुशार शैक्षिक गतिबिधिहरु सक्रिय हुदा मात्रै कर्मचारीहरुलाइ तलब दिने अवस्था हुन्छ । उनले इमेल खवरसंग कुरा गर्दै भने ‘निजी बिद्यालयहरुको कुनै कोष छैन, त्यसकारण बिद्यार्थीहरुबाट शुल्क नउठाउदा कर्मचारीहरु पनि बरोजगार बनेका छन् ।’ उनले थपे ‘शैक्षिक गतिबिधिहरु सक्रय नहुन्जेलसम्म हामीले कर्मचारीहरुलाई तलब दिने अवस्था हुदैन । ’

बिद्यार्थीहरुबाट शैक्षिक गतीबिधिमा सक्रिय राख्नका लागि अनलाइन कक्षा सञ्चालनमा ल्याएको उनको भनाइ छ । अनलाइन कक्षा सञ्चालन गरेको आधारमा निजी बिद्यालयहरुले शुल्क नलिएको उनको दाबी छ ।