जेठ २३, काठमाडौ -काठमाडौँ महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ ।
कामपाले बिहीबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरी एक हजार ९८२ जनाको बीमा गराएको जनाएको छ । सम्झौतामा कामपाको तर्फबाट प्रशासन विभागका प्रमुख नमराज ढकाल र लिमिटेडका तर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गर्नुभएको जनाइएको छ ।
कारोना भाइरस ९कोभड–१९० को प्रतिकूल समयमा पनि सेवाग्राहीका बीचमा बसेर काम गर्ने कर्मचारीको मनोबल उच्च बनाउन बीमा गरिएकोे हो कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने ।
सम्झौताबमोजिम आगामी वर्ष ९२०७८० जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पिसिआर (पोलिमेयर चेन रियाक्सन) रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा रु एक लाख प्राप्त हुनेछ ।
प्रतिव्यक्ति रु ६०० शुल्क तिरेर एक वर्षका लागि बीमा गरिएको हो । हाल कामपामा १६० जनप्रतिनिधि, ३० जना सामाजिक परिचालक छन । यसैगरी स्थायी, अस्थायी, करार र सञ्चार क्षेत्रमा काम गर्ने गरी एक हजार ७९२ जना जनशक्ति कार्यरत छन ।