बोर्डको अध्यक्ष पदमा दाहाल नियुक्त

जेठ २३, काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् ।

मन्त्री परिषद्को बैठकबाट दाहाललाई रिक्त बोर्ड अध्यक्ष पदमा नियुक्त गरिएको हो । गत वर्षको मङ्सिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली भएको थियो ।

रिक्त रहेको उक्त पदका लागि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो । केही दिन अघि अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये मन्त्रालयले ३ जनाको नाम सिफारिस गरिएको थियो ।

मन्त्रालयले भुवन केसी, दयाराम दाहाल र राजेश थापाको नाम सिफारिस गरेको थियो । प्रक्रियागत रूपमा दाहाललाई मन्त्री परिषद्ले चलचित्र विकास बोर्ड अध्यक्ष पदमा नियुक्त गरेको हो ।