अध्यक्ष शोभा भन्छिन, ‘अब आफु जोगिदै, अरुलाई जोगाउदै वडा काममा लाग्नु पर्छ ।’

जेठ २२, काठमाडौ – नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि परिक्षणको दायर बढाएको र उचित काम गरिरहेको सरकारले दाबी गर्दै आइरहेको छ । यतिबेला कोरोना महामारीको नियन्त्रणको लागि स्थानीय तह र जनप्रतिनिधिहरुले महत्वपुर्ण भुमिका निभाइरहेको वताएका छन ।

जनप्रतिनिधिहरुले महामारी बारे जनचेतना जगाउन, राहत बितरण गर्न र आफ्ना क्षेत्रमा सुरक्षाको उपायहरु अपनाउदै दिनरात खटिरहेको वताएका छन । जनतालाई स्थानीय सरकारको आभास समेत दिलाइरहेको उनिहरुले तर्क गर्न समेत पछि पर्दैनन ।

महामारी नियन्त्रण र रोकथामका लागि जुटिरहेकी एक जनप्रतिनिधि हुन् काठमाडौं महानगरपालिका वडा नंम्बर १४ की बडा अध्यक्ष तथा माहानगरपालिकाको कार्यपालिका सदस्य शोभा सापकोटा । काठमाडौ महानगरपालिका ३२ वडा मध्ये एक मात्र महिला वडा अध्यक्ष हुन् शोभा । महामारी रोकथाम तथा नियन्त्रणको लागि उनको वडामा के कस्ता कामहरु भइरहेका छन् । राहत कसरी वितरण भएको छ भन्ने बिषयमा उनिसंग इमेख खवर डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ सापकोटासंग गरिएको कुराकानीको सम्पादित अंश –

कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । तपाईहरुले वडामा सुरक्षा कसरी अपनाइरहनु भएको छ ?

कोराना महामारी नियन्त्रण र रोकथामका लागि हामी निकै सचेततापूर्वक अगाडी वढेका छौ । वडा बासीहरुलाई माइकिङ मार्फत भाइरस बारे सचेतना जगाइरहेका छौ । ठांउ ठँंउमा हात धुनका लागि साबुन पानीको समेत ब्यवस्था गरेका छौैं । वडामा अहिले हामीले किटनाशक औषधि छर्किने कामहरु भइरहेको छ । टोल टोलमा महिला तथा युवाहरुलाई परिचालन गरि भिडभाड कम गर्नका लागि पहल गरिरहेका छौं ।

संक्रमण भेटिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै वडामा क्वारेन्टाइनको ब्यबस्था गर्नु भएको छ कि छैन ?

नेपालमा दिन प्रतिदिन सयको हाराहारीमा संक्रमितहरु बढ्दै गएका छन् । यसले गर्दा हाम्रो वडामा पनि संक्रमितहरु भेटिन सक्छ भन्ने कुरामा हामी सचेत छौं । त्यसकारण हामी पनि क्वारेन्टाइन निर्माणको प्रक्रियामा छौं । यसका लागि वडा स्थित जनपथ माध्यमिक बिद्यालयमा हामीले ३ वटा कोठामा क्वारेन्टाइन निर्माण गर्न लागेका छौं । त्यसमा १२ शैयाको क्षमता रहने छ । अब तत्काल हाम्रो वडामा क्वारेन्टाइन निर्माण हुन्छ ।

वडामा बल्ल अहिले आएर क्वारेन्टाइन निर्माण गर्दैछौ भन्नुभयो । यदि यहि वेला वडामा संक्रमित बढ्दै गए कसरी ब्यबस्थापन गर्नुहुन्छ ?

अहिले हामीले सिमित मात्रामा क्वारेन्टाइन निर्माण गर्ने योजनामा छौं । किनकी अहिले सम्मको अवस्था ठिकठाक छ । यदि संक्रमित बढ्दै गए हामीले होटलहरुमा ब्यवस्थित तरिकाले राख्ने योजना बनाएका छौं । यस वडामा धेरै होटलहरु पनि छन् । यस बिषयमा होटल ब्यबसायीहरुसंग पनि हामीले छलफल गरेका छौं । उहाँहरुले सकारात्मक रुपमा लिनु भएको छ । संक्रमितको संख्या बढ्दै गएमा यस वडामा भएका होटलहरुलाई क्वारेन्टाइनमा बदल्छौं ।

वडामा हालसम्म कोरोना संक्रमित भेटिएका छन् कि छैनन ?

वडामा हालसम्म एक जना महिलालाई कोरोना पुष्टि भएको छ । करिब एक हप्ता अगाडि उहाँलाई कोरोना संक्रमण पुष्टि भएको हो । उहां अहिले अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ । उहांको स्वास्थ अवस्था अहिले सामान्य छ ।

कोरोना संक्रमित महिलाको सम्पर्कमा रहेका ब्यक्तिहरुको कन्ट्राक्ट टे«सिङ भयो कि भएन ?

संक्रमित महिला बस्ने घरमा उहाँको सम्पर्कमा करिब १५ जना ब्यक्तिहरु हुनुहुन्छ । चिकित्सकहरु आएर उहाँहरुको स्वास्थ अवस्थाबारे जानकारी लिइसक्नु भएको छ । संक्रमित महिलाको सम्पर्कमा रहेका ब्यक्तिहरु चिकित्सको निगरानीमा नै हुनुहुन्छ । उहाँहरुको अवस्था अहिले सम्म सामान्य नै छ ।

लकडाउन थपिदै जाँदा मजदुर तथा विपन्न परिवारलाइ हातमुख जोड्न समस्या भएको छ । यस्तो वेला वडाले राहत बितरण चांहि कसरी गरेको छ ?

हामीले राहत दुई चरणमा बितरण गरेका छौं । पहिलो चरणमा हामीले करिब ७ हजार ५ सय घरपरिवारलाई बितरण गयौं । वडामा हामीले ५ वटा मेस मार्फत खाना पनि खुवायौ । मेस मार्फत खाना खुवाउदा केहि भिडभाड हुने भएकाले हामीले पछि मोडालिटी परिवर्तन गर्यौ ।
अहिले हामीले श्रमको आधारमा राहत बितरण गरिरहेका छौं ।

‘राहत होइन रोजगार’ भन्ने महानगरको अभियान मार्फत अहिले राहत बितरण भइरहेको छ । अहिले हामीले बिहान बेलुका काम लगाएर पैसा दिने गरेका छौं । हामीले प्रति ब्यक्ति ७०० रुपैया दिने गरेका छौं । यसमा पनि अन्न लिन चाहनेहरुलाई दाल र चामलको ब्यवस्था गरेका छौं । अशक्त तथा गर्भवती महिलाहरुलाई हामीले वडा जनप्रतिनिधि मार्फत घरघरमा राहत पुर्याउने गरेका छौं ।

कस्ता कामहरु लगाएर राहत दिनु भएको छ ?

राहत दिनका लागि वडामै काम लगाउने गरेका छौं । हामीले फूलहरु गोड्ने र काटछाँटमा लगाएका छौं । त्यस्तै नालीहरु सफा गराउने अनि रुखहरु कटाएर राहत बितरण गरेका छौं ।

कोरोना रोकथाम तथा नियन्त्रणमा वडामा देखिएका समस्याहरु के कस्ता छन् ?

कोरोना रोकथाममा देखिएको समस्या भनेको अहिले कन्ट्राक्ट टे«सिङमा छ । बाहिरबाट वडामा आएका मानिसहरु चुपचाप बस्ने कारणले पनि समस्या देखिएको हो । उनिहरुलाई पहिचान गर्न समस्या हुने भएको छ । अर्को समस्या परिक्षणमा पनि देखिएको छ तुरुन्त परिक्षणको रिपोर्ट नआउने भएकाले वडाबासीहरुमा त्रास बढ्ने गरेको छ ।

कोरोना तत्काल नियन्त्रण हुने सम्भावना देखिएको छैन । वडामा सेवाग्राहीका कामहरु ठप्प छन । यस्तो अवस्थामा अब अगाडि बढ्नका लागि कसरी योजना बनाउदै हुनुहुन्छ ?

हामी कोरोनासंगसगै लामो समय हिड्नु पर्ने अवस्था छ । सधैभरि लकडाउन गरेर घरमै बसेर सम्भव हुदैन । यस्तो लामो समय भयो भने त अरु समस्याले जनजीवन अस्तव्यस्त हुन्छ । यर्सथ लकडाउन खुकुलो बनाउदै अघि बढ्नुपर्ने हुन्छ । अहिलेसम्म हामीले कोरोना नियन्त्रणमा मात्रै फोकस भएका छौं । अब भने आफु जोगिदै अरुलाई जोगाउदै वडा विकासका लागि अगाडी वढ्नु पर्छ ।

लकडाउन खुलाउदै सामाजिक दुरी कायम गर्दै हामीले बिकासका कामहरु अघि बढाउन थालेका छौं । हामीले सुरक्षित भएर काम गर्दै जानुपर्दछ । सरकारले अब बाहिरबाट आउने नाका कडा गर्दै आन्तरिक चहलपहल बढाउने तर्फ अग्रसर हुनु पर्दछ ।